आज विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै
टुडेपाटी-
जनकपुरधाम, जेठ १५ गते ।
आज विभिन्न कार्यक्रम गरी सोह्रौँ गणतन्त्र दिवस मनाइँदै छ ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुरु गरिएको थियो । त्यसको खुसियालीमा हरेक वर्ष जेठ १५ मा गणतन्त्र दिवस मनाउने गरिएको हो ।
राज्यको सम्पूर्ण शक्ति जनतामा निहीत हुनेगरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिएको छ ।
विंस २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड लगायतले छुटाछुट्दै विज्ञप्ती जारी गर्दै शुभकामना व्यक्त गरेका छन्
Sponsored