TodayPati

नेपालमा पिसिआरबाट कोरोना परिक्षण गर्ने कीट अभाव, केही स्थानमा परिक्षण नै रोकियो

टुडेपाटी

काठमाडौंं, बैशाख २४ गते ।

नेपालमा आरटी पीसीआर (रिजर्भ ट्रान्स्क्रिप्सन–पोलिमरेज चेइन रियाक्सन) विधिबाट कोरोना भाइरसको परीक्षण प्रयोग हुने (रिएजेन्ट) किटको अभाव भएको छ ।

Sponsored

परीक्षण किट नै अभाव भएपछि वीर अस्पताल, भैरहवा लगायतका केही प्रयोगशालाहरुमा कोरोना परीक्षणको काम रोकिएको छ ।

स्वास्थ्य मन्त्रलयले सोमबार सार्वजनिक गरेको तथ्यांकमा समेत एकदिनमा २ सय २५ जनाको मात्र पीसीआर विधिबाट कोरोना परीक्षण भएको देखिन्छ । विज्ञहरुले पीसीआर विधिबाट कोरोना परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिइरहेको बेला नेपालमा भने परीक्षण किट नै अभाव देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार विदेशबाट आयत हुनपर्ने स्वास्थ्य सामाग्री समयममा नआउँदा नेपालमा पीसीआर विधिबाट गरिने कोरोना परीक्षणको किट अभाव भएको हो ।

Sponsored

‘कोरोना परीक्षणको पीसीआर विधिमा प्रयोग हुने किट नेपालमा मात्र होइन विश्वभरी नै अभाव छ,’ मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले भने, ‘हामीकहाँ आइपुग्नुपर्ने केही स्वास्थ्य सामाग्री समयमा नआइपुग्दा भनेजति अहिले हामीसँग सर्टेज (अभाव) छ ।’

सहप्रवक्ता डा अधिकारीका अनुसार विदेशी मुलुकबाट आइतबार नै आउनुपर्ने स्वास्थ्य सामाग्री उतै अड्किएपछि नेपालमा परीक्षण किटको अभाव भएको हो ।

‘सिंगापुरबाट आइतबार, सोमबाट नै आइपुग्नुपर्ने स्वास्थ्य सामाग्री त्यहिँ अड्किएर बसेको छ, नेपाल आइपुग्न सकेको छैन,’ सहप्रवक्ता डा अधिकारीले भने, ‘केही सामाग्रीहरु टेन्डरहरुमा सप्लाइ गर्ने कम्पनीले सप्लाइ गर्न नसकेर पनि स्वास्थ्य सामाग्री सजेट भएको हो ।’

विदेशी मुलुकबाट आउने स्वास्थ्य सामाग्री केही दिनभित्रमै नेपाल आउने सहप्रवक्ता अधिकारीको भनाइ छ । उनले भने, ‘एक–दुई दिनमा विदेशमा अड्किएको स्वास्थ्य सामाग्री नेपाल आउँछ, त्यसपछि नेपालमा अभाव हुँदैन ।’

नेपालमा हालसम्म हालसम्म १३ हजार ६ सय ४० वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । जसमध्ये ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सरकारले पीसीआर विधिबाट गरिएको परीक्षणबाट आउने नतिजालाई मात्र आधिकारिक मान्ने गरेको छ ।

विज्ञहरुले कोरोना संक्रमित पहिचानका लागि पीसीआर विधिबाट नै परीक्षण हुनुपर्ने बताउँदै आएका छन् ।

जनस्वास्थ्य विज्ञ रविन्द्र पाण्ढडेले लकडाउनको समयमा पर्याप्त मात्रामा पीसीआर विधिबाट कोरोना परीक्षण नहुनु सरकारको कमजोरी भएको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *