TodayPati

रेशम चौधरीको सजाय माफीका लागि राष्ट्रपति कार्यालयमा पठाइयो फाइल

टुडेपाटी–
काठमाडौँ, जेठ ११ गते ।

रेशम चौधरीको सजाय माफीका लागि राष्ट्रपति कार्यालयमा फाइन पुगेको छ ।

२०७२ भदौमा कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी भइरहेको हो ।

Sponsored

बुधबार त्यसका लागि राष्ट्रपति कार्यालयको कानुन साखमा चौधरीको सजाय माफी सम्बन्धी २० वटा फाइल पुगेको राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले बताए ।

उनका अनुसार रेशम चौधरीको माफीको निम्ति राष्ट्रपति कार्यालयमा हिजो अबेर फाइलहरू आएको हो ।

चौधरीको माफीका लागि धेरै ठूलो फाइल भएकाले बुधबार राष्ट्रपति पौडेल समक्ष जाहेर भइनसकेको कुँवरले बताए ।

Sponsored

‘पक्रिया पुगेको छ कि छैन त्यसलाई अध्ययन गर्नुस् । प्रक्रिया पुर्‍याएर सम्माननीय राष्ट्रपतिज्यू कहाँ जाहेर गर्नुस् भनेर भनेको छु,’ कुँवरले भने ,‘२० वटा फाइल छ रे । हिजो साढे २ बजे फाइल आएकाले आज सार्वजनिक बिदा हुँदा अध्ययन गर्न बाँकी छ ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *