मधेश प्रदेश : प्रदेशसभा बैठक बसेको केही मिनेटमै स्थगीत
टुडेपाटी–
जनकपुरधाम, जेठ ११ गते ।
मधेश प्रदेशसभा बेठक बसेको केही मिनेटमै स्थगित भएको छ ।
नेकपा एमालेले शसर्त अनुदानको विषयमा पछिल्लो बैठकमा प्रश्न उठाएकोमा सरकार पक्षबाट जवाफ नआएको भन्दै बैठक अवरुद्ध गरेको हो ।
एमालेका सांसदहरुले बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगीत गरेका हुन् ।