एउटा मन्त्रालय लिएर लोसपा मधेश सरकारमा सहभागी
टुडेपाटी–
जनकपुरधाम, जेठ ११ गते ।
एउटा मन्त्रालय लिएर लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेश सरकारमा सहभागी भएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले लोसपाका सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेको हुन् ।
लोसपा संसदीय दलका नेता अभिराम शर्माले तत्काल एक मन्त्रालयसहित आफूहरु सरकारमा सहभागी भएको जानकारी दिए ।
उनका अनुसार साँझ ५ बजे नवनियुक्त मन्त्री कुर्मीले शपथ लिने छन् । कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित छन् ।
Sponsored