TodayPati

मधेशमा सरकारलाई सांसदको प्रश्न- बाराको चुनाव खर्च अशुल्न खोजेको हो ?

टुडेपाटी-
जनकपुरधाम, जेठ ११ गते ।

योजना वितरणमा कमिसनको खेल हुने गरेको भन्दै सत्ता पक्षकै सांसदले मधेश सरकारको चर्को आलोचना गरेको छ । बुधबार बसेको प्रदेशसभा बैठका सात्ता घटक नेकपा माओवादी केन्द्रका दलका नेता भरत प्रसाद साहले जसपा बारा क्षेत्र नं. २ को उपचुनावमा भएको खर्च अशुल्न खोजेको हो,भन्ने प्रश्न गरेका हुन् ।

अहिले योजनाहरु १० प्रसेन्ट लिएर पाइन्छ भन्ने जनताले सोध्ने गरेको प्रसंग सुनाउँदै नेता साहले प्रश्न गरे ,बाराको चुनाव खार्च अशुल्न खोजेको हो की क्या हो ?,

Sponsored

‘हाम्रो क्षेत्रमा कुनै अमुक व्यक्तिले योजना लगेका छन् । त्यहाँ जनताले हामीलाई सोध्छन् अर्थ मन्त्रालयमा १० प्रसेन्टमा योजना पाइन्छ रे । यदि यस्तो हो भने अर्थ मन्त्रालयमा १० प्रतिशमा योजना पाइन्छ भनेर बोर्ड झुण्ड्याउनुस्’ नेता साहले भने ।

‘पहिले अर्थमन्त्री…हुँदा अलि अलि गन्हाउँथ्यो । अहिले त नाक थुन्दा पनि त्यसको गन्ध भित्रसम्म आइरहेको स्थिति छ’ उनले भने ।

उनले माओवादी केन्द्र सत्ता पक्षमा हुँदा पनि सरकारको गलत क्रियाकलापलाई सहन नसक्ने बताए । सरकारको भ्रष्टाचारजन्य गलत क्रयाकलापको प्रतिवाद गर्ने समेत चेतावनी दिए ।

Sponsored

उनले संसदीय छानविन समिति बनाएर कमिसन लिएर योजना दिने विषयको छानविन गर्नेु पर्ने माग गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *