जसपाबाट नवनियुक्त वनमन्त्री वीरेन्द्र र राज्यमन्त्री प्रमिलाले लिए शपथ
टुडेपाटी-
जनकपुरधाम, जेठ १० गते ।
नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा मरन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।
हिजो मंगलबार प्रधानमन्त्रीले जनता समाजवादी पार्टी जसपाका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए ।