TodayPati

लकडाउन बढाउन केही बेरमै मन्त्रीपरिषदको बैठक बस्दै, कम्तीमा एक हप्ता थप्ने तयारी

टुडेपाटी

काठमाडौंं, बैशाख २४ गते ।

लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज बस्दैछ । ११ बजेपछि बस्ने बैठकले चैत ११ देखि जारी लकडाउनबारे थप निर्णय गर्नेछ । 

Sponsored

एक मन्त्रीका अनुसार कम्तिमा पनि एक साता लकडाउन थप्ने तयारीमा सरकार छ । 

मंगलबार प्रधानमन्त्रीसहित बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिनुपर्ने सुझाव दिएको थियो ।

तर पछिल्लो समय कोरोना प्रभावित क्षेत्रहरुको पहिचान गरेर मोडल परिवर्तन गर्न सकिनेबारेमा समेत छलफल हुँदै आएपनि प्रधानमन्त्री केपी ओली लकडाउनलाई अहिलेकै अवस्थामा निरन्तरता दिनुपर्ने पक्षमा छन् । 

Sponsored

लकडाउनको मोडलबारे प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाका भनाइ बाझिएका छन् । मन्त्री थापा लकडाउन लम्ब्याउन नहुने पक्षमा रहेका छन् भने प्रधानमन्त्री लकडाउलाई अझ कडा बनाउदै केही दिन लम्ब्याउने पक्षमा छन् ।

 यसअघि घोषण गरेको लकडाउनको समय बैशाख २५ गते सकिँदै छ। नेपालमा कोरोना भाइरसबाट हालसम्म ८२ जनामा संक्रमण देखिएको छ भने १६ जना निको भएर घर फर्किएका छन् । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *