मधेश सरकार : कांग्रेस र एकीकृत समाजवादीबाट तीन मन्त्री नियुक्त
टुडेपाटी–
जनकपुरधाम, जेठ ९ गते ।
मधेश सरकारमा आज नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी सहभागी भएको छ ।
काँग्रेस २ र एकीकृत समाजवादी एक मन्त्रालय लिएर सहभागी भएको हो ।
काँग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त भएका छन् । यस्तै समाजवादी पार्टीबाट दलका नेता गोबिन्द बहादुर न्यौपाने मन्त्रीमा नियुक्त भएका हुन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले नियुक्त गरेका तीन मन्त्रीको शपथ दिउँ १ बजे प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ ।
Sponsored