TodayPati

जिल्ला समन्वय समिति धनुषाको सभामा १८ मध्ये एक पालिका प्रमुख पनि आएनन्

टुडेपाटी-
जनकपुरधाम, जेठ ९ गते । ।

पालिका प्रमुखहरुले जिल्ला समन्वय समितिलाई महत्त्व नदिने गरेको पाइएको छ । जिल्ला सम्वय समितिको कार्यालय धनुषाले सोमबार आयोजना गरेको पाँचौ जिल्ला सभामा एकजना पनि पालिका प्रमुख सहभागी भएनन् ।

धनुषा जिल्लामा १८ स्थानीय तह छन् ।
सभामा १२ जना उपप्रमुख सहभागी भएका थिए । एकजना पालिका प्रमुख सहभागी नभएपछि जनकपुधामा उपहानगरका उपमेयर किशोरी साहले आपत्ति जनाए ।

Sponsored

’जिल्ला सभा जस्तो महत्त्वपूर्ण कार्यक्रममा एकजना पनि पालिका प्रमुख नआउनु दुखद र निन्दनीय छ । म खेद प्रकट गर्दछु’ उनले भने ’ यसै कार्यक्रमबाट एउटा खेद प्रस्ताव पारित गरौं ’

जिल्ला समन्वय समिति सदस्य महेन्द्र महतोले समन्वय समितिलाई पालिका प्रमुखहरुले कुनै महत्त्व नदिएको गुनासो गरे ।
’जिल्ला समन्वय समितिका पदाधिकारीको कुनै मतलब गर्दैनन् । के हो र समन्वय समित भन्छन् , हेप्छन् ’ उनले गुनासो गर्दै भने ’ त्यसैले आज पनि कोही प्रमुख उपस्थित हुनु भएन ।

राजनन्दन मण्डलले पनि अध्यक्षतामा जिसस सभामा उपस्थित नहुँदा दुख लागेको बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *