TodayPati

जनकपुर विमानस्थलको रनवेमा स्याल दौडेपछि…

टुडेपाटी-
जनकपुरधाम, जेठ ७ गते ।

अवतरण गर्न लागेको विमान जनकपुर विमानस्थलको रनवेमा स्याल कुदेपछि पुनः काठमाडौं फर्केको छ ।

काठमाडौंबाट जनकपुर आइपुगेको बिमान अवतरण गर्ने क्रममा पाइलटले रनवेमा स्यालदेखेपछि पुनः काठमाडौं फर्काएका हुन् ।

Sponsored

पाइलटले दुईपटक अवतरणको प्रयास गरेका थिए । तर एकपटक स्याल र अर्कोपटक पानी परेको कारण प्रतिकुल मौसमका कारण अवतरण गर्न नसकेर जहाज पुनः काठमाडौं नै फर्किएको हो ।

यति एयरलाइन्सका प्रबन्धक राजेश सिंहका अनुसार दुई पटक अवतरण गर्न खोजे पनि अवस्था प्रतिकूल नभएपछि जहाज फर्केको बताए विमानस्थलमा अवतरण गर्न पहिलो पटक पानी परेको हुँदा मौसमको कारण र अर्को पटक अवतरण गर्न खोज्दा रनवेमा स्याल देखेपछि जहाज फर्केको उनको भनाइ छ ।

पाइलटले एटीसीलाई रनवेको अवस्थाको बारेमा जानकारी गराउँदा जहाज अवतरण नगर्न सुझाएपछि जहाज ओभरसुट गरी फर्केको प्रबन्धक सिंहले जनाए ।
काठमाडौं जनकपुरको लागि साँझ ६ः१० को जहाज ६ः२० मा उडेको थियो । ५९ जनाले टिकट बुकिङ गराएका थिए ।

Sponsored

काठमाडौँ फर्केको यतिका आजको फ्लाइट रद्द गरिएको एयरलाइन्सले जनाएको छन् । यस अघि शनिबार बिहान जनकपुरमै काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसो देखेपछि उडान स्थगित गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *