संघीयतालाई समाप्त पार्न शक्तिहरू एक भइरहेका छन् : उपेन्द्र यादव
टुडेपाटी–
जनकपुरधाम, जेठ ७ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक तीव्र रूपमा ध्रुवीकृत भइरहेको बताएका छन् ।
उनले संघीयतालाई समाप्त गर्ने षड्यन्त्र भइरहेको बताउँदै नेपालमा भइरहेको विकासलाई पछाडि फर्काउन विभिन्न शक्तिहरू ध्रुवीकृत भइरहेको दाबी गरेका हुन् ।
मधेसमा पनि त्यस्ता शक्तिहरू देखिएको बताउँदै अध्यक्ष यादवले संघीय लोकतन्त्र गणतन्त्रको रक्षाका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
मधेश सरकारलाई अधिकारविहीन बनाएको टिप्पणी गर्दै उनले संघीयता विरोधी शक्तिले प्रदेशको अधिकार कटौतीमा लागेको बताए ।
देशमा आर्थिक संकटको अवस्था रहेको उल्लेख गर्दै अध्यक्ष यादवले जुन देशमा यत्रो कृषि भूमि, जलस्रोत, जडीबुटीको स्रोत भएको देशमा संकट आउनु नपर्ने नभए पनि उचित नीति नभएको कारण यो अवस्था आएको बताए ।
Sponsored