TodayPati

जनमतले आफ्नो जनप्रतिनिधिको बारेमा जनमत संग्रह गर्ने

टुडेपाटी
काठमाडौँ, जेठ ७ गते ।

जनमत पार्टीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको बारेमा जनमत संग्रह गराउने भएको छ ।

पार्टीले २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनबाट चुनिएका पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरूले हालसम्म गरेको कामको बारेमा पार्टीले जनमत संग्रह गराउने भएको हो ।

Sponsored

जनमत पार्टीले आफ्ना जनप्रतिनिधिलाई पठाएको सर्कुलरमा भनिएको छ, ‘तपाईं जनप्रतिनिधिको रूपमा निर्वाचित भएको करिब एक वर्ष पुगेको छ । यस अवधिमा तपाईंको कार्यलाई जनताले अनुमोदन गरेको छ वा छैन जनमतसंग्रह गराउनका लागि तपसिलको मितिमा कार्यक्रम हुने ब्यहोरा अवगत गराइन्छ ।’

साउन ६ गते हुने जनमतसंग्रह सम्बन्धित स्थानीय तहमा हुने जनाइएको छ ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले २०८० वैशाखसम्म पार्टीका सदस्यता लिएकाहरूले मात्र त्यसमा मतदान गर्न पाउने जनाएका छन् । अरू थप तयारी सम्बन्धित स्थानीय पार्टीले गर्ने भनिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *