विवाहित युवकले आफ्ना साथीका लागि गरे बट-सावित्री पर्व
टुडेपाटी-
जनकपुरधाम, जेठ ७ गते ।
पतिको दीर्घायुको कामना गर्दै गत शुक्रबार हिन्दु धर्माबलम्बी महिलाहरु वट सावित्री व्रत मनाए । यो दिन महिलाहरु बरको रुखलाई पूजा गर्ने गर्दछन् ।
तर बिहारका एक युवकले आफ्ना साथी (दोस्त) का लागि बट सावित्री पर्व गरेको घटनाले सबैलाई अचम्मित तुल्याएका छन् ।
वाँका जिल्लाको बन्धुवा कुरावा थाना क्षेत्रको मणियारपुर चोकमा स्थानीय कपिलदेव मण्डलले आफ्नो पुरुष साथी नितेशका लागि पत्नीको रूपमा बट सावित्रीको पूजा गरेका हुन् ।
महिलाको पोशाक लगाएर बटको रुखमूनि पूजा गर्न जाँदा स्थानीयहरु छक्क परेका थिए । त्यहाँ ठूलो भीड नै जम्मा भएको थियो ।
साडी लगाएर आफूलाई सजाएर उनले आफ्ना साथी नितेशका लागि विधिवत पूजा गरेका थिए । उक्त घटनालाई त्यहाँ उपस्थित व्यक्तिले क्यामेरामा कैद गरेका थिए ।
उनले पूजा गरेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
अचम्मको कुरा के छ भने महिलाको भेषमा साथीको पूजा गर्ने मण्डलले ६ वर्षअघि एक युवतीसँग विवाह गरेका थिए । अर्को तर्फ उनले बट सावित्री पुजा गरेका केटा अविवाहित छन् ।
यस सम्बन्धमा उनले फोनमा आफूले पहिलो पटक वट सावित्रीको पूजा गरेको बताए । उनले महिलाजस्तै पूजा गरेर आफ्नो साथीको लागि पूजा गर्ने अनुभूति गर्न चाहन्थे ।
Sponsored