TodayPati

मधेश भुगोलको हरेक तथ्याङ्क संकलित गर्नुपर्छ : सभामुख मण्डल

टुडेपाटी-
जनकपुरधाम, जेठ ६ गते ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सरकारलाई मधेशको शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत लगायतको समग्र समाजिक, आर्थिक तथा सांस्कृतिक पक्षको सर्वेक्षण गनुृपर्नेमा जोड दिएको छ । उनले कुनै पनि स्थान वा भौगोलिक क्षेत्रको समग्र अवस्था बुझन् त्यहाँको निश्चित स्थानको सर्वेक्षण आवश्यक हुने भएकोले मधेश सरकारले वर्तमान अवस्था बुझ्न र त्यसलाई सुधार गर्न तथ्याङक आवश्यक भएको बताएका हुन् ।

देशको समग्र अवस्था प्रतिको जनधारणा, सुरक्षा, विवाद समाधान, समाजिक सम्बन्ध, शासन, राजनीतिकमा सहभागिता, आर्थिक दृष्टिकोण र सूचनामा पहुँचको विषयमा संंकलित तथ्याङकलाई विश्लेषण गरिएको पुस्तक ‘नेपाली जनमत सर्वेक्षण’ प्रतिवेदन प्रस्तुतिमा सभामुख मण्डलले तथ्याङकले दिशा र दशा बताउने भएकोले तथ्याङकको महत्व बुझ्न आवश्यक भएको बताए । उनले भने, ‘६२ प्रतिशत संघीयता पक्षधर र ३८ प्रतिशतलाई संघीयतामा हुने राम्रो कामको प्रतिफल देखाएर पक्षमा ल्याउन सक्नुपर्छ । अहिले कमजोरी जस्तो देखिएपनि भोली कामको आधारमा व्युटीको रुपमा अगाडी बढाउन आवश्यक छ ।’

Sponsored

सरकारले गरेको भ्रष्टाचार नियन्त्रण त्यही सरकारले गर्न सक्नुपर्दछ, अन्यथा मानिसमा व्यवस्था प्रति असन्तुष्टि बढ्छ । सभामुख मण्डलले भने, ‘आफ्नो परिवारले गरेको कामको गुण र दोषका आधारमा परिवारबाटै कारवाही गर्न जरुरी छ । दोश्रो र तेश्रो नम्बरमा त अन्य छदैछ तर पहिले जून सरकारको गल्ति छ त्यही सरकारले त्यो गल्तिलाई सच्याउने देखि कारवाही गर्न सक्नुपर्छ । अन्यथा अन्य सरकारले पनि हस्तक्षेप गरेर दोषिलाई कारवाही गर्न सक्नुपर्छ ।’

काण्माण्डौं विश्वविद्यालय, स्कुल आँफ आर्टसले गरेको कार्यक्रममा सभामुख मण्डलले संघीयताप्रतिको नाकारात्मक धारणालाई कम गर्न गरेको गल्तिलाई सच्याउने र राम्रो कामको सकारात्मक सन्देश जनता सम्म लैजान जरुरी भएको मण्डलको भनाई थियो । उनले भने, ‘एक आपसामा प्रतिद्वन्दी भन्दा पनि शिशु अवस्थाको संघीयतालाई कसरी सुरक्षित साथ जन्म देखि हुर्काउने र विकास गराउनेमा सबै माननीय देखि हरेक तह तप्का कन्ससट्रेट हुनुपर्छ ।

काण्माण्डौं विश्वविद्यालय, स्कुल आँफ आर्टसले ७ प्रदेशको ५८८ वडाहरुमा २८ वर्ष माथि उमेर समुहका ७०६० प्रतिनिधि उत्तरदाताहरुलाई नमूना छनौट गरी नेपालले लिईरहेको दिशा सही छ की गलत भन्ने प्रश्नमा हरेक पाटोलाई केलाउने प्रयास गरेको छ । कार्यक्रममा मधेश प्रदेशका उपसभामुख वबिता कुमारी राउत ईशर, प्रदेशसभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *