TodayPati

प्रधानमन्त्री प्रचण्डको जेठ दोस्रो साता भारत भ्रमणमा जाँदै

टुडेपाटी
काठमाडौँ, जेठ ६ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेठको दोस्रो हप्तादेखि भारतको भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतदेखि २० गतेसम्म हुने लगभग तय भइसकेको छ । त्यसको औपचारिक घोषणा हुन बाँकी छ ।

Sponsored

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले दुवै देशको सहमतिमा चाँडै नै मिति तय हुने बताइन् । उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी सुरु भएको र विभिन्न सरोकारवाला तथा विज्ञहरूसँग छलफल पनि सुरु भएकाले चाँडै दुवै देशको सहमतिमा मिति तय हुने बताइन् ।

परराष्ट्र मन्त्री एनपी साउदले पूर्वपरराष्ट्र सचिव, पूर्वपरराष्ट्र मन्त्री, पूर्वराजदूतहरूसँग छलफल गरिसकेका छन् ।

बिहीबार र शुक्रबार उनीहरूलाई मन्त्रालयमा नै बोलाएर मन्त्री साउदले छलफल गरेका थिए ।

Sponsored

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पनि भारत भ्रमणको तयारी थालिसकेको छ ।

भारत भ्रमणको क्रममा जलविद्युत, दूरसञ्चार, शिक्षा, कृषि, स्वास्थ्य, पेट्रोलियम पाइपलाइनलगयातको विषयमा सहमति गर्ने तयारी छ ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति अगामी हप्ता घोषणा हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *