भ्रष्टाचार अन्त्य पहिलो प्राथमिकता हुनुपर्छ : माधव नेपाल
टुडेपाटी-
जनकपुरधाम, जेठ ६ गते।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले अहिलेको राष्ट्रिय समस्या भ्रष्टाचार रहेकाले यसको अन्त्य गर्नु पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले शनिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले देशैभरीको समस्याको रुपमा भ्रष्टाचार रहेकाले यो अन्त्य नभएसम्म देशलाई विकासतर्फ डोर्याउन कठिन हुने बताए ।
उनले यो राष्ट्रिय समस्या समाधान हुनु आवश्यक रहेको बताए ।
यस्तै उनले मधेश सरकारमा वर्तमान नेतृत्वलाई नै निरन्तरता दिने गरी सहमति भएको जानकारी गराए । उनले कुनैपनि दलसँग बहुमत नरहेकाले मधेस प्रदेशमा गठबन्धनको मर्म अनुरुप सहभागी दलहरुलाई सहभागी गराउने बताए ।
Sponsored