मधेश प्रदेश : शरणार्थी प्रकरणमा जनमतको ४ दिनदेखि विरोध प्रदर्शन
टुडेपाटी-
पर्सा, जेठ ५ गते ।
जनमत पार्टीले नक्कली शरणार्थी प्रकरणमा सम्लग्नहरुलाई निष्पक्ष छानबिन गर्न माग गर्दै वीरगन्जमा ४ दिनदेखि लगातार विरोध प्रदर्शन गरेको छ ।
जनमतका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा भएको विरोध कार्यक्रममा सहभागीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन निष्पक्ष हुनुपर्ने, मधेश सरकारको साइकल घोटाला काण्ड, छोरी बिमा कार्यक्रम, पोखरी सौन्दर्यीकरणको नाममा भएको अनियमितता छानबिन गरेर संलग्न सबैलाई कडा कारबाही गरी सबै सम्पत्ति जफत गर्नु पर्ने माग गरेका छन् ।
विरोध कार्यक्रममा घटनाको निष्पक्ष छानबिन गर्न खुट्टा नकमाउन प्रहरीलाई उनीहरुले आग्रह समेत गर्दै आएका छन् ।
सरार्फले भ्रष्ट्राचार घटनामा अनुसन्धान र दोषीलाई कारबाही नभएसम्म विरोध कार्यक्रम जारी राख्ने बताए ।
उनले आन्दोलनको स्वरूप परिवर्तन भएपनि विरोध कार्यक्रम नरोकिने बताए ।
Sponsored