गठबन्धनमा मधेश सरकार परिवर्तन की पुनर्गठन विषयमा छलफल
टुडेपाटी-
जनकपुरधाम, जेठ ४ गते ।
मधेश सरकारको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलबीच छलफल भएको छ । मधेेश सरकार परिवर्तन वा पुनर्गठनको विषयमा छलफल भएको हो ।
बैठकमा गठबन्धन दलका शीर्ष नेता तथा मधेश प्रदेशबाट गठबन्धन भित्रका संसदीय दलका नेताहरु सहभागी थिए ।
बैठकमा सरकारको नेतृत्व आलोपालो गर्ने उपचुनाव अघिको भएको राजनीति सहमति कार्यान्वयन गर्ने, तर पहिलो नेतृत्व कसले गर्ने भन्ने विषयमा छलफल भएको माओवादी केन्द्र संसदीय दलका नेता भरत प्रसाद साहले जानकारी दिए ।
उनका अनुसार भोलि पुनः बैठक बस्ने गरी सकिएको छ । जसपा आफ्नो नेतृत्वलाई निरन्तरता दिने अडामा छन् भने गठबन्धन भित्रका इतरका दलहरूले अन्य दलले अब नेतृत्व पाउनु पर्ने दबाब दिएका छन् ।