मधेशमा बालुवा गिट्टी फ्रि रुपमा उत्खनन गर्न दिन कांग्रेस प्रदेश सांसद साहको आग्रह
टुडेपाटी–
जनकपुरधाम, जेठ ४ गते ।
नेपाली कांग्रेस मधेस प्रदेशका सांसद नागेन्द्र साहले नदीबाट बालुवा गिट्टी उत्खनन गर्न दिनेपर्ने बताएका छन् ।
बिहिबार बसेको प्रदेशसभा बैठकमा बोल्दै सांसद साहले गिट्टी बालुवा उत्खनन गर्नेलाई प्रहरीले पक्राउ गर्दा आपत्ति जनाएका हुन् । उनले भने, ‘मधेशमा बालुवा ढुंगा ननिस्कोस प्रहरीले समात्छ । अनि विकास कसरी हुन्छ ? बजेट कसरी हुन्छ ? हो भारत नजान दिउँ तर मधेशमा जान्छ भने फ्रिमा जान दिओस् ।’
सांसद साहले खोला माथि आएर बाढी जानेगरेको भन्दै उनले भने, ‘उखेलेर फ्याक्ने ठाउँमा झन निकाल्नै नदिने अनि विकास कसरी हुन्छ ?’
उनले विकास नभए बजेट खर्च नहुने भन्दै विकास गर्न आग्रह गरे ।
Sponsored