रेशम रिहाइको बाटोमा छन् : प्रधानमन्त्री प्रचण्ड
टुडेपाटी–
काठमाडौं, जेठ ४ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजबन्दी रिहाइका लागि विधेयक अघि बढिसकेकाले टीकापुर घटनामा दोषी ठहरिइ जन्मकैद भुक्तान गरिरहेका रेशम चौधरी छिट्टै छुट्ने विश्वास व्यक्त गरेका छन् ।
बिहिबार संसदमा चलेको प्रश्नोत्तरमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको जिज्ञासा राखेका थिए।
‘रेशम चौधरीलगायत टीकापुर राजबन्दीहरू अन्यायमा परेका छन्। टीकापुर घटनापछि गिरिशचन्द्र लाल संयोजकत्वमा लाल आयोग प्रतिवेदन तयार गरिएको थियो। तर, हालसम्म त्यो लाल आयोग प्रतिवेदन कहाँ छ ? कोसँग छ ? त्यसको जिम्मेवारी कसले लिएको छ ? त्यो प्रतिवेदन सरकार किन लुकाइरहेको छ ? सम्मानित अदालतको फैसला स्वीकारेर हाम्रा नेता जेलमा बस्नुपर्ने तर सरकारले सम्मानित अदालतको फैसला नटेर्ने ?,’ चौधरीले सोधेका थिए।
जवाफमा प्रधानमन्त्री प्रचण्डले सरकार लाल आयोग प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा नै रहेको तर त्यसमा व्यवहारिक र कानुनी जटिलता रहेको बताए ।
Sponsored