हज समितिका अध्यक्ष मियाँ पक्राउ
टुडेपाटी–
काठमाडौँ, जेठ २ गते ।
नक्कली शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।
शरणार्थी प्रकरणमा मुछिएका उननी सिंहदरबार परिसरबाट पक्राउ परेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ ।
हज समितिको कार्यवाहकको जिम्मेवारी अर्का व्यक्तिलाई दिने तयारी गरिररहेका बेला बिहान प्रहरीले उनलाई ऊर्जा मन्त्रालयनजिकबाट पक्राउ गरेको हो ।
हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा प्रयोग भएको थियो । गिरोहले पनि उनको गाडी प्रयोग गर्ने गरेका थिए ।
Sponsored
गृह मन्त्रालयअन्तर्गत नेपाल हज समितिका अध्यक्ष मियाँलाई तत्कालीन गृहमन्त्री थापाले २०७७ माघ ७ मा नियुक्त गरेका थिए ।
थापा हटेपछि गृहमन्त्री बनेका खाणले मियाँको कार्यकाल २ वर्ष थपिदिएका थिए ।
स्रोतका अनुसार नक्कली शरणार्थी बन्ने मानिसको खोजी गर्ने, त्यसका लागि हज समितिको गाडी प्रयोग गर्ने र गिरोहको योजनाअनुसार थप काम गर्ने जिम्मा मियाँले लिएका थिए ।
त्यसको पोल खुलेपछि उनी सम्पर्कविहीन थिए ।