TodayPati

भ्रष्टाचारका काण्डहरु निष्पक्ष छानविनको माग गर्दै जनकपुरमा प्रदर्शन

टुडेपाटी-
जनकपुरधाम, जेठ ३ गते ।

नक्कली शरणानर्थी लगायतका भ्रष्टाचार काण्डहरुको निष्पक्ष छानविन माग गर्दै नागरिक समाजका अगुवाले जनकपुरमा प्रदर्शन गरेका छन् । दलीय भागवण्डामा गुपचुप राखिएका भ्रष्टाचार काण्डहरु प्ले कार्डमा उल्लेख गर्दै उनीहरुले जनक चोकमा प्रदर्शन गरेका हुन् ।

नक्कली भुटानी शरनार्थी प्रकरण, वाइडबडी भ्रष्टाचार काण्ड, हुलाकी परियोजना घोटाला काण्ड, मधेश प्रदेश सरकाको साईकल वितरणमा भ्रष्टाचार काण्ड, स्वच्छता अभियानमा भएको भ्रष्टाचार काण्ड लेखिएको प्लेकार्डसहित नागरिक समाजले प्रदर्शन गरे ।

Sponsored

आफ्नै देशका नागरिकलाई पैसाको लागि शरणार्थी बनाउने जस्तो निच स्तरको काममा गृहमन्त्रीको ओहोदामा बसेका व्यक्तिबाट हुनु अकल्पनिय अक्षम्य अपराध भएको अगुवा रामरिझन यादवले बताए । नक्कली शरनार्थी लगायतको अन्य सबै काण्डको स्वच्छ निष्पक्ष छानविन गरी दोषीहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्ने उनले माग गरे ।

ठूलो भ्रष्टाचार काण्ड सृंखलावद्ध रुपमा सार्वजनिक भइरहँदा मधेशको राजधानी जनकपुर लगायत मधेशका नागरिक समाज वुद्धिजिवी एकदिन एकछिनका लागि सडकमा नआउनु दुखद रहेको यादवको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *