पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सवारीसाधनको भाडा घट्यो
टुडेपाटी–
काठमाडौँ, जेठ ३ गते ।
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै लामो दुरीका सवारीसाधनको भाडामा मूल्य समायोजन गरिएको छ ।
जेठ २ मा डिजेलको मूल्य घटेपछि आजैदेखि लागु हुनेगरी दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यात्रुवाहक सवारीमा ३.२० प्रतिशतले घटेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।