अयोग्य लडाकुलाई २ लाख दिने कार्यविधि कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
टुडेपाटी–
काठमाडौँ, जेठ २ गते ।
सर्वोच्च अदालतले अयोग्य लडाकुलाई २÷२ लाख रुपैयाँ बाँड्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
मंगलबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले यस्तो आदेश दिएको हो।
अधिवक्ता ज्ञानेन्द्रराज आरणले अयोग्य लडाकुलाई २÷२ लाख रुपैयाँ दिने सरकारको निर्णयबिरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यसको प्रारम्भिक सुनुवाइका क्रममा मंगलबार रेग्मीको इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।
सर्वोच्च अदालतले यस विषयमा छलफल गर्न निवेदक र सरकारी पक्षलाई छलफलका लागि समेत बोलाएको छ।
Sponsored