मधेश प्रदेश सांसदको गुनासो : बिना कमिसन काम हुँदैन्, मन्त्रीको फोन उठदैन
टुडेपाटी–
जनकपुरधाम, जेठ २ गते ।
नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सांसद माला कर्णले बिना कमिसन कर्मचारीले काम नगरिदिने गुनासो गरेकी छन् ।
आज बसेको प्रदेशसभा बैठकमा सांसद कर्णले कमिसनका कारण धेरै बजेटहरु कार्यान्वय नभएको गुनासो गरेकी हुन् ।
उनले भनिन्, ‘कर्मचारी बिना पिसी काम गरिदिँदैनन् । भ्रष्टाचार छानबिन उच्च स्तरीय समितिमा म पनि छु । तर पिसी र कमिसनको कारण धेरै बजेटहरु रोकिएको छ’, उनले भनिन् ‘भ्रष्टाचार नियन्त्रणमाथि सरकारको ध्यान जाओस् ।’
सत्ता पक्षको सांसद हुँदा समेत आफूलाई सरकारको अनुभूति नभएको उनले गुनासो गरिन् ।
Sponsored