TodayPati

भ्रष्टाचारविरुद्ध जनकपुरमा जनमत विद्यार्थी संघको प्रदर्शन

टुडेपाटी-
जनकपुरधाम,बैशाख ३० गते ।

भ्रष्टाचारविरुद्ध जनकपुरमा जनमत विद्यार्थी संघले प्रदर्शन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै जनमत विद्यार्थीसंघ आवद्ध विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

जनमत संघ धनुषा धनुषा कार्यसमितिको अगुवाईमा जनकपुरधामको जनकचौकमा प्रदर्शन र नारावाजी भएको हो । सो काण्डमा जो सुकै तहतप्काका व्यक्ति संलग्न भएनि निष्पक्ष छानविन गरी कडा कारबाही हुनुपर्ने उनीहरुको माग छ ।

Sponsored

भ्रष्टाचार विरुद्धमा एकजुट हुन जनमतसंघले आह्वान समेत गरेको छ ।
प्रदर्शनमा जनमत संघका विद्यार्थी नेता विरेन्द्र यादव, पार्टी धनुषाका संयोजक सुरेन्द्र मण्डल, नेता विपी साह, विद्यार्थी नेता ईजाज अन्सारी सहित सहभागी थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *