मधेश प्रदेश : लागूऔषधसहित दुईजना पक्राउ
टुडेपाटी–
सर्लाही, बैशाख ३० गते ।
सर्लाही प्रहरीले दुई युवकलाई ठूलो परिणाममा लागूऔषधसहित नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा गोडैता नगरपालिका–११ का २२ वर्षीय अजय सहनी र गोडैता ८ का ३२ वर्षीय ताजबावु दर्जी रहेको प्रहरीले जनाएका छन् ।
बरहथवा–५,चोर्निया पुलबाट प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिएको हो ।
जिल्लाको मधुवनबाट काठमाण्डौ जाँदै गरेको यात्रुवाहक बसबाट लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई शनिबार इलाका प्रहरी कार्यालय बरहथवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।
बागमती प्रदेश ०६–००१ ख ०००३ नम्बरको यात्रुबाहक बसलाई इलाका प्रहरी कार्यालय बरहथवा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सुन्दरपुर चोहडवाको संयुक्त टोलीले गाडी चेकजाँच गर्ने क्रममा सहनीको साथबाट लागूऔषध एक सय एमएलको कोडीवेल ८९ बोतल, नोफिन २ एमएलको ९१ थान, डाइजिपाम २ एमएलको ९१ थान, फेनरगन २ एमएलको २७४ थान, नाइट्रोभेट ३ सय थान,निट्जा केयर ९ सय थान र दर्जीको साथबाट कोडीवेल कफसिरप १सय एमएलको ९८ थान लागुऔषध बरामद गरेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
Sponsored
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।