TodayPati

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीको बैठकमा गृहमन्त्रीको प्रवेश

टुडेपाटी–
काठमाडौँ, बैशाख २७ गते ।

सिंहदरबारमा जारी प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रवेश भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ।

Sponsored

उक्त छलफलमा केहीबेरअघि गृहमन्त्री श्रेष्ठ पनि प्रवेश गरेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको राजनीति पछिल्लो केही दिनदेखि तरंगित बनेको छ।

आजै बिहान कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले पक्राउ गरेको छ भने एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएपछि फरार छन्।

Sponsored

एमालेले रायमाझीलाई सचिव पदबाट बरखास्त गरेको छ भने रायमाझी अफु विरामी रहेको भन्दै संसदमा पत्र पठाएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *