हाम्रो विकासको मोडेल विवाहको भोजभतेरजस्तै भएको छ : डा. सीके राउत
टुडेपाटी–
काठमाडौं, बैशाख २६ गते ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नेपालमा विकासको गलत मोडेल अभ्यास भइरहेको बताएका छन्।
सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि भइरहेको छलफलमा मंगलबार बोल्दै राउतले सरकार ठूल्ठूला भवन, चौडा सडक, विमानस्थललाई विकासको मानक मान्नु गलत रहेको बताए ।
एयरट्राफिक नै नपुग्ने विमानस्थल निर्माण गरे पनि तलब नपाएर प्रहरीहरू रुनु परेको उनले बताए।
विकास भनेकै ठूला भवन, फराकिला सडक र विमानस्थल भनेर बुझिदिँदा अर्थतन्त्रको यो हविगत भएको उनको भनाइ छ।
अध्यक्ष राउतले विवाहमा दुल्हादुल्हीको मन हेर्नुपर्नेमा हामी भोजभतेरतिर लागेको उदाहरण दिए।
Sponsored
उनले भने, ‘दुल्हादुल्हीको मन मिल्यो कि मिलेन हेर्नुपर्नेमा हामीले ठूलो तामझाम गर्छौं। ऋणै काढेर सुन किन्छौं। भोजभतेर गर्छौं। हाम्रो अर्थतन्त्र पनि त्यही भएको हो ।’
उनले अर्थमन्त्रीलाई आगामी बजेट मानव केन्द्रित बनाउन आग्रह गरे।