जेठ २ गते मधेश प्रदेशसभाको बैठक बस्ने
टुडेपाटी–
जनकपुरधाम, बैशाख २६ गते ।
आगामी जेठ २ गते मधेश प्रदेशसभा बैठक बस्ने भएको छ ।
प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवका अनुसार बैठक जेठ २ गतेका लागि आह्वान गरिएको हो ।
उक्त बैठकमा चारवटा विधेयक पेस गर्ने सरकारको तयारी छ ।
भौतिक पूर्वाधार मन्त्रालयले बनाएको यातायातसम्बन्धी विधेयक प्रदेशसभामा पेस हुनेछ । अघिल्लो सरकारका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवको पालामा उक्त विधेयक तयार पारिएको थियो ।
त्यस्तै बालबालिका संरक्षण र प्रदेश प्रशासनसम्बन्धी विधेयक पनि पेस हुने सम्भावित कार्यसूचीमा रहेको सचिव यादवले बताए । त्यस्तै बैठकमा समसमायिक विषय पनि समावेश गरिने तयारी रहेको उनले बताए ।
Sponsored
त्यस्तै प्रदेशमा बजेट अधिवेशन पनि सुरु हुँदैछ । बजेट अधिवेशनमा प्रि बजेट छलफल र नीति तथा कार्यक्रमबारे सांसदहरूले धारणा राख्ने कार्यसूची रहेको छ ।