मधेश प्रदेशमा पुनः देखियो कोरोना संक्रमण
टुडेपाटी–
जनकपुरधाम, बैशाख २५ गते ।
मधेश प्रदेशमा पुनः कोरोना संक्रमित देखिएको छ ।
केही महिनादेखि शून्य संक्रमित रहेको मधेश प्रदेशमा ४ महिनाको बालकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ ।
गत शुक्रबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २ वटा पिसिआर परिक्षण गर्दा सिरहाको दुधौलीका ४ महिने बालकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ ।