TodayPati

बाँकी बक्यौता नतिरेपछि प्रादेशिक अस्पताल जनकपुरको लाईन काटियो

टुडेपाटी-
जनकपुरधाम, बैशाख २३ गते ।

बाँकी बक्यौता नतिरेपछि नेपाल विद्युत प्राधिकरणले जनकपुरधामस्थित प्रादेशिक अस्पतालको विद्युत लाइन काटिदिएको छ ।

आइतबार दिउँसो प्राधिकरणको जनकपुर वितरण केन्द्रले अस्पतालको विद्युत काटेको हो ।

Sponsored

मधेश सरकारको अधिनमा रहेको प्रदेशकै ठूलो यो अस्पतालले प्राधिकरणलाई विजुलीवापतको १ करोड २० लाख रुपैयाँ महसुल तिर्न बाँकी छ । पटक पटक लिखित मौखिक ताकेता गर्दा पनि अटेर गरेपछि लाइन काटेको प्राधिकरणका वितरण केन्द्र प्रमुख लखन लाल मल्लिकले बताए ।

प्रादेशिक अस्पतालले १५ महिनादेखि विद्युत महसुल बुझाएको छैन । ‘महसुल तिर्न पटक पटक मौखिक आग्रह र लिखित पत्र पठाएका छौं, मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय लगायतमा । तर मतलब नगरेपछि बाध्य भएर लाइन काटेका हौं’, प्रमुख मल्लिकले भने ।

विजुलीको लाइन काटिएपछि चर्को गर्मीमा बिरामीले पंखा चलाउन पनि पाएका छैनन्, विजुली नहुँदा अस्पतालका कतिपय उपकरण पनि चलेको छैन ।

Sponsored

कम्तीमा महसुल कहिलेसम्म तिर्ने लिखित प्रतिवद्धता गरे मात्र लाइन जोड्न सकिने वितरण केन्द्र प्रमुख मल्लिकले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *