TodayPati

टुडेपाटी–
काठमाडौं, बैशाख २४ गते ।

नेपाली नागरिकता लिएको पाइएपछि १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार काठमाडौ‌ं उपत्यका अपराध अनुसन्धान कार्यलयले १० जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनीहरूले विभिन्न जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाएको खुलेको छ।

झुटा विवरण दिएर नेपाली नागरिकता लिएका हुन् वा कीर्ते गरी बनाएका हुन् भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

यस घटनाबारे प्रहरीले आइतबार दिउँसो १ बजे विस्तृतमा सार्वजनिक गर्ने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *