TodayPati

जनकपुरको पोखरीमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु

टुडेपाटी
जनकपुरधाम, बैशाख २३ गते । 


जनकपुरधाममा पोखरीमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अंसारीका जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहमद अल्कामा अंसारी र मोहमद अब्दुल अंसारी रहेको प्रहरीले जनाएको छ ।

Sponsored

धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमका अनुसार शनिबार साँझ करिब सवा ७ बजेको समयमा वडा नम्बर–२४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुबै बालकको मृत्यु भएकोहो ।

बालकहरू पोखरीमा डुबेको खबर प्राप्त हुनासाथ जिरोमाईलस्थित प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले उनीहरूलाई पोखरीबाट निकालेर उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा लगेको थियो ।

राति ८ बजे दुबै बालकलाई चिकित्सकले मृत घोषणा गरेका छन् । मृतक बालकद्वयको शव अस्पतालमै रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले  जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *