प्रचण्ड नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने रास्वपाको निर्णय
टुडेपाटी–
काठमाडौँ, बैशाख २२ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने निर्णय गरेको छ।
शुक्रबार अपरान्ह बसुन्धरास्थित पार्टी कार्यालयमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई सरकारमा सहभागी गराउन जोड गर्दै आएका थिए।
सोही विषयलाई लिएर प्रधानमन्त्री दाहाल र रास्वपा सभापति रवि लामिछानेबीच पटक–पटक छलफलसमेत भएको थियो।
समापति लामिछाने सरकारमा जान इच्छुक रहे पनि पार्टीभित्र प्रतिपक्षमा बस्नुपर्ने मत बलियो बन्दै गएपछि रास्वपा सरकारबाट बाहिरिएको हो ।
Sponsored
रास्वपाले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३० दिन भित्र पुनः विश्वासको मत लिनुपर्ने छ ।