एमाले सांसद लक्ष्मी महतो निलम्बित
टुडेपाटी–
काठमाडौँ, बैशाख १९ गते ।
नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् ।
आइतबार प्रहरी प्रधान कार्यालयले दोस्रोपटक उनलाई पक्राउ गरिदिन सहयोग माग्दै संसद सचिवालयमा पत्र पठाएपछि सभामुख देवराज घिमिरेले उनलाई निलम्बन गरेका हुन्।
प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम अदालतको आदेशविपरीत फरार रहेका सांसद स्वत निलम्बनमा पर्ने व्यवस्था छ।
सत्ता पक्षीय सांसदहरुले महतोलाई निलम्बन गर्न सभामुख घिमिरेलाई चर्को दबाब दिएपछि उनले मंगलबार निर्णय गरेका हुन्।
संसद अधिवेशन चालू नरहेकाले सूचना टाँस गरेर उनको निलम्बन प्रक्रिया पूरा गरिने भएको हो।
Sponsored
महतो महोत्तरी १ बाट माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई हराउँदै प्रतिनिधिसभास सदस्य बनेका थिए।