TodayPati

मिटरब्याजीलाई सघाउनेलाई पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

टुडेपाटी-
जनकपुरधाम, बैशाख १७ गते ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मिटरब्याजीलाई सघाउनेलाई पनि कारबाही हुने चेतावनी दिएका छन् । आइतबार जनकपुरधाममा अनुचित लेनदेन मिटरब्याज सम्बन्धि जाँचबुझ आयोगको केन्द्रय कार्यालय उद्घाटन गर्दै उनले मिटरब्याजीलाई सहयोग गर्ने कुनै राजनीतिक दल वा पार्टीको नेतालाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन् ।

‘कुनै राजनीतिक दलका नेता वा पहुँचवालाले मिरब्याजीलाई सहयोग गर्न जान्छन् वा भूमिका खेल्न खोज्यो भने उनीहरुलाई पनि कारबाहीको दायरमा ल्याइन्छ’ उपप्रधानमन्त्री श्रेष्ठले चेतावनी दिँदै भने ।

Sponsored

उनले आयोगलाई समान्य नबुझ्न आग्रह गरे । ‘विगतमा आयोग बन्यो, प्रतिवेदन बुझायो जस्तो यो जाँचबुझ आयोग होइन । यस्तो नठान्नु होला । यो पीडितको न्याको लागि र पीडिकको कारबाहीको लागि खरो उत्रिन्छ’ उनले भने ।

विद्यमान कानुन संशोधन गरेर मिटरब्याज समस्या समाधान गर्ने उनले बताए । ‘विद्यामान कानुन संशोधन गरेर मिटरब्याजीलाई अनुचित लेनदेनको प्रकरणलाई राखेर पीडकलाई कारबाही र पीडितलाई न्याय दिलाउँछौं’ उनले भने ‘यसको लागि छुट्टै कानुन बनाएर संसदले छिट्टै पारित गर्ने गराउने हाम्रो तयारी छ ।

मिटरब्याजीले घरजग्गा नै पास गरेर लिइसकेको अचल सम्पतिलाई समेत रद्द गर्ने कानुनमा संशोध गर्ने उनको भनाई छ ।
‘घरजग्गा नै लिइसकेका छन् भने त्यसलाई रद्द गर्ने कानुन संशोधन हुन्छ । लिनु पर्ने भन्दा बढी रकम पीडितबाट लिएका छन् भने फिर्ता गराउने प्रावधान कानुनमा राख्ने तयारी भइरहेको छ’ मन्त्री श्रेष्ठले भने ।
मिटरब्याजीले असमान्य किसिमबाट सम्पति आर्जन गरेको लागेमा तिनीहरुककको सम्पति सुद्धिकरणमा लैजाने प्रावधान पनि कानुनमा राखिने बताए । अदालतबाट भइसकेको मिटरब्यजाको कतिपय फैसला पीडितको विपक्षमा भएको छ भने तत्काल कार्यान्वयन गर्न नदिने गरी समन्वय गर्ने उनको भनाइ छ ।
जिल्लाहरुमा उजुरी दिन जाने मिटरब्याज पीडितहरुलाई प्रशासक र प्रहरीले निरुत्साहित नगर्न समेत उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *