एसिसी प्रिमियर कपको फाइनलमा नेपाल, जिते एसिया कप खेल्न पाउने
टुडेपाटी–
काठमाडौं, बैशाख १६ गते ।
नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो।
नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएकोमा कुवेतले ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन जोड्दा खेल वर्षाले रोकिएको थियो।
डिएलएस मेथड लागू गर्न २० ओभर खेलेको हुनु पर्ने तथा सुपर ओभर पनि गर्न सम्भव नभएपछि समूह चरणमा शीर्ष भएको आधारमा नेपालले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो।
वर्षा हुनुअघि नेपालका करण केसीले कुवेतको पाँच विकेट लिए। उनले ४.३ ओभरमा १ मेडन राख्दा १० रन खर्चिए । सोमपाल कामीले एक विकेट हात पारे।
Sponsored
वर्षाले प्रभावित भएका कारण ४२ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २८१ रन जोड्यो । डिएलएस मेथडका कारण कुवेतले २८१ रनकै लक्ष्य पायो।
नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा ९४ रन जोडे।
कुशल मल्लले पनि अर्धशतक प्रहार गर्न सफल भए। कुशलले ४४ बलमा समान ४÷४ चौका र छक्का हिर्काउँदै ५७ रन जोडे।
ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे ।
भीम सार्की १ रनमा आउट भए भने आरिफ शेख १९ रनमा रनआउट भए। सन्दीप लामिछानले ५ रनमै आउट भए।
करण केसी ६ बलमा ७ रन जोडेर आउट हुँदा सोमपाल कामीले नटआउट १३ रन र ललित राजवंशीले नटआउट २ रन जोडे।
बलिङमा कुवेतका मोहमद अस्लाम र एडनान इड्रेसले ३(३ विकेट लिए।
फाइनलमा नेपाल जिते एसिया कपमा छनोट हुने छ ।