TodayPati

जनकपुरमा आज जानकी नवमी मनाइँदै

दिपेश कुमार चौधरी-
जनकपुरधाम , वैशाख १६ गते ।

जनकपुरमा आज जानकी नवमी अर्थात् जानकी जन्म महोत्सव मनाइँदैछ । आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउँने गरिन्छ ।

जानकी नवमीको अवसरमा आज बिहानैदेखि जानकी मन्दिर , राम मन्दिर र जनक मन्दिर गायतको मन्दिरहरुमा पूजाआजा गर्ने श्रद्धालुहरुको भीड लागेको छ ।

Sponsored

सीताको जन्मोत्सवमा सहभागि हुन एवं पुजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आएका छन् । जानकी मन्दिरले जानकी नवमीको अवसरमा केही औपचारिक धार्मिक कार्यक्रम समेत आयोजन गरेको छ ।

जानकी नवमीको अवसरमा विभिन्न कार्यक्रम आयोजन गरिएको छ । जानकी मन्दिर व्यवस्थापन पक्षका अनुसार आज बिहानै दुधमती नदीमा स्नान, १० बजेदेखि मन्दिरमा बधाइगान, १२ बजे प्राकट्य उत्सव, साँझमा जानकी डोला यात्रा, रातिमा तिल्कोत्सव र पुनः बधाई गानको कार्यक्रम रहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *