TodayPati

कतारलाई ६८ रनले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

टुडेपाटी-
जनकपुरधाम, बैशाख १४ गते ।

निराशाजनक ब्याटिङ गरे पनि नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामामा बिहीबार कतारलाई ६८ रनले पराजित गरेको छ ।

एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य बनाएको नेपाल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ४०.३ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो ।

Sponsored

कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ बिकेट लिएर ४२ रन बनाए । उनले ६ चौका हानेका थिए । उनी नै बिहीबारको खेलको प्लेयर अफ दि म्याच बने । त्यस्तै सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।

कप्तान रोहितकुमार पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्र सिंह ऐरीले १२, सोमपाल कमी र आरिफ शेखले ११,११ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेका थिएनन् ।

कतारका अमिर फारुकले ४ विकेट लिंदा ओवाइस अहमदले तीन विकेट आफ्नो नाममा लेखाएका थिए । यो संगै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *