मधेश प्रदेशको १३६ वटै पालिकाको माटो परीक्षण हुने
टुडेपाटी-
जनकपुरधाम, बैशाख १३ गते ।
मधेश प्रदेश सरकारले आफ्नो प्रदेशको १३६ वटै पालिकाको माटो परीक्षण गर्ने भएको छ ।
भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेका माटो परीक्षण प्रयोगशालाको प्राविधिक टीमले घुम्ती टेस्ट ल्याब मार्फत माटो परीक्षण गर्न लागेको हो ।
आवश्यकता अनुसार कुन कुन मलखाद कति कति मात्रामा प्रयोग गर्ने भन्ने किसानहरुलाई जानकारीका लागि माटो परीक्षण गर्न लागेको मन्त्रालयले जनाएको छ ।
मन्त्री वसन्त कुशवाहाका अनुसार प्राविधिक टोलिले १३६ पालिकामा घुमती टेस्ट ल्याब मार्फ़त ३ दिनसम्म पालिकाको विभिन्न ठाऊको माटो जाँच गरिने छ ।
माटो परीक्षण कार्यक्रम पालिकाको समन्वयमा गर्नु पर्ने भएकोले पालिका प्रमुखहरूलाई सहयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।
Sponsored