बारा २ बाट उपेन्द्र यादव विजयी
टुडेपाटी-
जनकपुरधाम, बैशाख १३ गते ।
बारा २ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँचदलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई पराजित गर्दै विजयी भएका हुन् ।
यादवदे २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी जनमतका कुशवाहा २३ हजार ३३४ मतमा समित भए ।
यस्तो तेस्रोमा नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार २१६ मत पाएका छन् । चौथो नम्बरमा रास्वपाका उम्मेदवार रमेश खरेल २ हजार ८२९ र आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञावाली २ हजार ७३८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।