मेयरमाथि आक्रमण भएको विरोधमा बिहीबार सप्तरीका सबै स्थानीय तह बन्द
टुडेपाटी समाचारदाता-
सप्तरी, माघ २३ गते ।
सप्तरीका एक जना मेयरमाथि आक्रमण भएको बिरोधमा बिहीबार जिल्लाका सबै स्थानीय तहले सेवा प्रवाह बन्द भएको छ । डाक्नेश्वरी नगरपालिकाका मेयर शिबनारायण साहमाथि गएको मंगलबार भएको हातपातको विरोधमा बिरोधमा जिल्ला १८ वटै स्थानीयले सेवा प्रवाह बिहीबार बन्द भएको हो ।
मेयरमाथि भएको आक्रमणको बिरोध गर्दै जिल्ला समन्वय समिति सप्तरीको बैठकले बिहीबार जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय गरेको थियो । बैठकले मेयरमाथि कुटपिट गर्ने व्यक्तिहरुलाई कारबाही प्रकृया अगाडि नबढाइए लगातार स्थानीय तह बन्द गरिने जिल्ला समन्वय समिति प्रमुख यादवले बताए ।
समितिका प्रमुख यादवका अनुसार गएको मंगलबार डाक्नेश्वरी ५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जाँदै गरेको बेला केही व्यक्तिको समूहले मेयर लगायत कर्मचारीलाई रोकेर हातपात गरेका थिए ।
डाक्नेश्वरी नगरपालिका ५ का अमरेन्द्र यादव, अर्जुन यादव, महेश्वरप्रसाद यादव, वडानम्बर ३ बस्ने राजीवकुमार राय, ज्योतिषकुमार राय, वडानम्बर ७ बस्ने गजेन्द्रप्रसाद साहलगायतका व्यक्तिहरुले हेलमेट, बाँसको भाटा लिएर आफूसहित गाडीमा रहेका कर्मचारीमाथि आक्रमण गरेको मेयर साहले बताए ।
Sponsored