मधेश सरकारको बजेटले धनुषामा कांग्रेसको पार्टी कार्यालय भवन बन्दै
टुडेपाटी–
जनकपुरधाम, बैशाख ८ गते ।
मधेश प्रदेश सरकारको बजेटबाट नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालय भवन निर्माण हुन लागेको छ ।
शुक्रबार एक समारोहकाबीच जनकपुरधामस्थित कांग्रेसको पार्टी कार्यालय परिसरमै भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।
काँग्रेस नेता विमलेन्द्र निधीले सो भवनको शिलान्यास गरेका हुन् ।
आर्थिक वर्ष २०७९÷०८० मा तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले ४० लाख रुपैयाँ विनियोजन गरेका थिए । यादव नेपाली काँग्रेसको तर्फबाट मन्त्री बनेका थिए ।
उक्त मन्त्रालय मातहत रहेको शहरी विकास तथा भवन मिर्माण विभागले काँग्रेसको पार्टी कार्यालयको भवन निर्माण गर्न उपभोक्ता समिति बनाएको छ ।
Sponsored