राष्ट्रपति पौडेलको उपचार एम्समा सुरु
टुडेपाटी-
काठमाडौं, बैशाख ६ गते ।
राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार सुरू भएको छ ।
बुधवार बिहान उनलाई श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।
अहिले उनलाई अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा पुर्याए लगत्तै उपचार सुरू गरिएको उनको सचिवालयले जनाएको छ।
नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सझाव दिएसँगै पौडेललाई भारत लगिएको हो ।
राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो ।
Sponsored