भारतबाट बढेर आयो पेट्रोलिय पदार्थको मूल्य
टुडेपाटी–
काठमाडौं, बैशाख ३ गते ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।
नयाँ मूल्य सूची अनुसार पट्रोलमा करिब साढे ६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढेर आएको नियमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।
पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै निगमको १५ दिनको नाफा घटेर करिब ६० करोड प्रक्षेपण रहेको उनले बताए ।
यसअघि २० चैतमा मूल्य घटाउँदा पनि १५ दिनको प्रक्षेपित नाफा ८० करोड रहेकोमा मूल्य बढेसँगै प्रक्षेपित नाफा घटेको हो ।
Sponsored