एमाले अध्यक्ष केपी ओली अस्वस्थ्य
टुडेपाटी–
काठमाडौँ, बैशाख ३ गते ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै ओलीले आफूलाई भाइरल ज्वरो आएको बताएका हुन्।
उनले लेखेका छन्, ‘अहिले म एन्टिबायोटिक औषधी खाएर निवासमै आराम गरिरहेको छु। तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो। तर, अहिले म ती कार्यक्रमहरुमा सहभागि हुन सकिरहेको छैन ।’
स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा ती क्षेत्रका मतदातालाई भेट्न जाने उनले बताएका छन्।
Sponsored