TodayPati

मधेश प्रदेश : एक वर्षमै ४५ करोड बढीको गाडी खरिद

टुडेपाटी–
जनकपुरधाम, बैशाख १ गते ।

मधेश प्रदेश सरकारले एक वर्षको अवधिमा ४५ करोडभन्दा बढिको गाडी खरिद गरेको छ ।

बिहिबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को ६०औँ वार्षिक प्रतिवेदनमा सातवटै प्रदेशमध्ये मधेश सरकारले सबैभन्दा बढि ४५ करोड ३१ लाख रुपैयाँ बराबरको गाडी खरिद गरेको उल्लेख छ ।

Sponsored

त्यस्तै, बागमती प्रदेशले ३० करोड ८ लाख, लुम्बिनी प्रदेशले २५ करोड ७३ लाख, कोशी प्रदेशले २१ करोड ७५ लाख, गण्डकी प्रदेशले ९ करोड २२ लाख, कर्णाली प्रदेशले ६ करोड ८७ लाख र सुदूरपश्चिम प्रदेशले १ करोड ५५ लाखसहित १ अर्ब ४० करोड ५१ लाखको सवारीसाधन खरिद गरेको छ ।

सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड, २०७७ को दफा ७ ९१० अनुसार नेपाल सरकार अर्थ मन्त्रालयको पूर्व स्वीकृति लिएर मात्र सवारीसाधन खरिद गर्न सकिने व्यवस्था छ ।

सवारी साधन खरिद गर्दा कतिपय कार्यालयले मापदण्डको पालना नगरेको देखिँदा मापदण्डको पालना गरी सवारी साधन खरिदमा मितव्ययिता कायम गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *