जनकपुर-जयनगर रेल आजदेखि दिनको चारपटक चल्ने
टुडेपाटी-
जनकपुरधाम, वैशाख १ गते ।
नयाँ वर्ष २०८० संगै नेपाल रेल्वे कम्पनीले जनकपुर-जयनगर रेल सेवा विस्तार गरेको छ ।
शुक्रबारदेखि रेल सेवा चारपटक चल्न सुरु भएको हो ।
कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार अब जनकपुरधामको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्ने छ ।
यस्तै जयनगरबाट रेल जनकपुरधाम कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र वेलुकी ५ बजे प्रस्थान गर्ने महाप्रबन्धक झाले जानकारी दिए ।
एकवर्ष अघि सञ्चालनमा आएको ब्रोडगेज रेल बिहान १० बजे जनकपुरबाट खुल्ने र साढे ११ बजे जयनगर पुग्ने गरेको थियो भने त्यहाँबाट जनकपुरधामका लागि दिउँसो ३ बजे खुल्ने गरेको थियो ।